विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आङ्वोले चालु आर्थिक वर्षको बजेट सरकारले पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका हुन् । आङ्बोले पहिलेको सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने र अनुत्पादन तथा कार्यकर्ता पोस्ने हिसाबले ल्याइएका कार्यक्रहरू कटौती गरिने बताए ।
उनले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने जानकारी दिए । उनले सरकारले बजेट प्रतिस्थापन विधेयक भने संसदमा नलैजाने स्पष्ट पारे । आङ्बोले चालु आवमा भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रवद्र्धनसम्बन्धी आयोजनाहरुलाई परिणाममुखी रुपमा कार्यान्वयनमा लैजाने तयारी सरकारले गरेको बताए ।
Post Views: 259