सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ । सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकाले झण्डै आठ करोड ५० लाख लागतमा निर्माण सम्पन्न गरेको आफ्नो प्रशासनिक भवनको आईतबार उद्घाटनको तयारी गरेको छ ।
सीमावर्ती क्षेत्रमा रहेको प्रशासनिक भवन ३६ कोठे सुविधा सम्पन्न भएको र त्यसको उद्घाटनका लागि आईतबार आज प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएका छन् । । प्रम देउवाले सीमावर्ती क्षेत्र देवानगञ्जको नवनिर्मित भवनको उद्घाटन र त्यसपछि बिपी स्मृति पार्कको सिलान्यास समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले नवनिर्मित भवनलाई उद्घाटनका लागि प्रधानमन्त्री देउवा हेलिकोप्टरमा विहान ११ बजे देवानगञ्ज आउने कार्यक्रम गरेको बताए । विगतमा कोरोना कहरका कारणले केही अवरोध भएपनि हाल निर्माण सम्पन्न भएकाले प्रधानमन्त्री देउवाबाट उद्घाटन हुन लागेको गुरागाईले बताए ।
Post Views: 32