विराटनगर ÷ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् ।
निर्वाचनमा मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत र आठवटामा निर्वाचन भएको थियो । आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित हुनुभएको थियो । लामा सर्वसम्मत भएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भए । यस्तै कन्हैयालाल सर्वसम्मत भएका हुन् । निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा गंगा याक्खा र (ख) मा जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह सर्वसम्मत निर्वाचित भएका हुन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’मा दीपक भगत र ‘ख’मा मधुबाबु तिवारी विजयी भए । मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह बलियो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । जिल्लाबाट जम्मा १ सय ९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउनेछन् । मोरङ कांग्रेसका अनुसार जिल्लामा ३ हजार ५ सय ५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए ।
Post Views: 222