विराटनगर ÷ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् ।
सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाए । १४ औं महाधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर सभापति देउवाले भने पनि त्यसविपरीतका गतिविधि भइरहेको उनले बताए । सभापतिकै निर्देशनमा निर्वाचन समिति गलत तरिकाले अघि बढेको उनको आरोप छ । डँडेल्धुरामा ३ जना निर्वाचन अधिकृत परिवर्तन गरेर अधिवेशन गराइएको घटनाबाटै अधिवेशन कसरी भइरहेको स्पष्ट हुने कोइरालाले बताए । डँडेलधुरा र सर्लाहीको निर्वाचनले निर्वाचन समितिमाथि प्रश्न उठेको कोइरालाको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको स्पष्ट पारे ।
Post Views: 32