विराटनगर / नेपाली कांग्रेसका युवा नेता डिल्ली राम गिरीले सक्षम र पार्टीलाई दिशानिर्देश गर्ने नेतृत्व छान्न आग्रह गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसितको भेटमा गिरीले गुट र उपगुटका आधारमा नेतृत्व छानेकै कारण कांग्रेस अगाडि बढ्न नसकेको दाबी गरे । केन्द्रीय बालकल्याण समितिको पूर्वउपाध्यक्षसमेत रहेका गिरीले गुटका आधारमा नेतृत्व छान्दा क्षमता नभएका व्यक्ति पनि नेतृत्वमा पुगेको बताए । गिरी एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्षसमेत हुन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका गिरीले क्षमता, योग्यता र भिजन भएका व्यक्तिलाई चुन्न आग्रह गरे । “कांग्रेसको नेतृत्वमा धेरै आन्दोलनहरु भए । ती राजनीतिक आन्दोलन कांग्रेसकै कारण भएको हो,” उनले भने, “अब मुलुकको समृद्धि र आर्थिक विकासको नेतृत्व गर्ने व्यक्तिको आवश्यकता छ । यस महाधिवेशनले तलदेखि माथिसम्मकै नेतृत्व क्षमतावान् र देश विदेश बुझेका व्यक्तिहरु चुन्नेछ ।”
आगामी तीनै तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्नका लागि पार्टीमा योगदान गरेका र सक्षम व्यक्तिहरुलाई चुन्नुपर्नेमा उनले जोड दिए । आफू पद लिनका लागि नभएर कांग्रेसलाई नयाँ विचार र दृष्टिकोण दिन चुनावी मैदानमा उत्रिएको दाबी गरे । गिरी भन्छन्, “देश कसरी बनाउनुपर्छ भन्ने भिजन हामीसित छ, त्यो भिजन पार्टीमार्फत जनाको सेवामा लगाउनकै लागि पार्टीको निर्वाचनमा उत्रिएको हुँ ।”
Post Views: 52