कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र, एक करोड खर्च हुने अनुमान

कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र, एक करोड खर्च हुने अनुमान

 राष्ट्रिय डेली

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ ।

बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र यसान १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुनेछन् ।

अधिवेशनको उद्घाटन मंसिर १६ गते बिहीवार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने,“संघीयतासंगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।” अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले बताए ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ । कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव छन् ।

यसैगरी सदस्यमा प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङ अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र अजित झा छन् । व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा रु. १ करोड खर्च हुने अनुमान गरिएको बताउँदै भने,“प्रतिनिधिहरुको आवास, खानपानदेखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने देखिन्छ । प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्छ ।”

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । समितिका सदस्यहरु सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेका छन् ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...