झापा । ‘मेरो डान्स कप युएसए‒५’ र मेरो भ्वाई कप युएसए‒२’ को उद्घाटन भएको छ । अमेरिकाबाट सञ्चालित दुबै रियालिटी शोको झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिबिरमा शनिबार सँयुक्त उद्घाटन गरिएको हो । यी रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने छ ।
दुबै रियालिटी शोको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोख खरेल, नृत्य निर्देशक शँकर बिसी, नरमान राईलगायतले उद्घाटन गरेका थिए ।
दुबै रियलिटी शोको फारम पनि खुला गरिएको कार्यक्रममा घोषणा गरिएको छ ।