कांग्रेस एक ढिक्का भएर अघि बढेको छ  : सभापति देउवा

कांग्रेस एक ढिक्का भएर अघि बढेको छ  : सभापति देउवा

 राष्ट्रिय डेली

बागलुङ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरेका छन ।
सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखेका छन । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले बताए, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”
देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए । उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरेका छन । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताएका छन ।
देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गरेका  थिए । सो अवसरमा  सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए। कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन ।
सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए । पूर्वगृहमन्त्री समेत रहनुभएका सिटौलाले मुलुक  सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखेका छन । “संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उनले बताए । नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताएका छन ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...