विराटनगर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् । मोदिले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त समेत गरेका छन् ।
Post Views: 1