नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 राष्ट्रिय डेली

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।
आजको कारोबारबाट सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ प्रतिशतले घटेको छ ।
कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै सोनापुर सिमेन्टको रु पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक प्रमोटर शेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको छ ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...