गुञ्जिन थाले तिहारका गीत

गुञ्जिन थाले तिहारका गीत

 राष्ट्रिय डेली

काठमाडौँ ।  उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।
चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएका गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन । यादव खरेलले रचना गरेको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन ।
‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिएका छन । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गरेका छन ।
मनिला सोताङले गाएकी चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत भएका गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।
चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् ।
नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार अर्जुन पोखरेलले बताए । “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो”, उनले भने, “गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...