ग्रिन सिटी भल्युन्टर कार्यक्रमको सुरुवात

ग्रिन सिटी भल्युन्टर कार्यक्रमको सुरुवात

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भल्युन्टरको सुरुवात भएकोे छ ।्

 

विराटनगर महानगरपालिकाको सभाहलमा अभिमुखिकरण सहित कार्यक्रमको सुरुवात भएको हो । ग्रिन सिटी भल्युन्टर कार्यक्रम नेपालको जलवायु परिवर्तन नीति २०२० मा उल्लेख भए अनुसार १५ देखि २२ बर्ष उमेर समुहका बालबालिका र युवा संलग्नतामार्फत जलवायु संकट र वातावरणीय समस्यालाई सम्बोधन गर्न केन्द्रित युवा संलग्न कार्यक्रम हो । यो कार्यक्रमले विराटनगर महानगरपालिकासँगको सहकार्यमा जलवायु परिवर्तन नीति कार्यान्वय नगर्ने उद्देश्य राखिएको बताइएको छ ।

 

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, विराटनगर महानगरपालिकाका संयोजक तथा वडा नं. ३ का अध्यक्ष वासुवाहादुर वस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तिर्थन्द्र नेउपाने, वडा नं. १ का अध्यक्ष काजी वस्नेत, वडा नं. १४ का वडा अध्यक्ष सुर्यनारायण महत, वडा नं. १० का अध्यक्ष अर्जुन गिरी र जागरण विराटनगरका संयोजक प्रतिक्षा वस्नेत सहभागि थिए ।

विराटनगरका विभिन्न वडाबाट छनोट भएका २२ जना स्वयंसेवकलाई ग्रीन सिटी स्वयंसेवकको संलगनता योजनामा अभिमुखीकरणमा दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ र वरिष्ठ कार्यत्रम अधिकृत प्रयास अधिकारीले गरेका थिए ।

अतिथिबाट छनोट भएकोमा सम्पूर्ण स्वयंसेवकहरुलाइ बधाई सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस कार्यत्रम अन्तरगत हाल २२ जना स्वयंसेवक छनौट भएकोमा अब थप वडावाट वाँकी रहेका स्वयंसेवकहरुलाई दोस्रो चरण मार्फत छनौट गरिने योजना रहेको जानकारी दिगो विकास इन्स्टिच्युटका वरिष्ठ कार्यत्रम अधिकृत अधिकारीले दिए ।

 

सम्बन्धित वडा कार्यालय तथा विराटनगर महानगरपालिकासँग समन्वय गरी जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी कार्यक्रम र आयोजनाको नेतृत्वगर्न सक्ने गरी विभिन्न विषयमा स्वयंसेवकहरूलाई विभिन्न अवसर र संलग्नता उपलब्ध गराइने यस कार्यक्रमको लक्ष्य रहेको जानकारी अधिकारीले दिए ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...