‘सरुभक्तका मुक्तक’  सार्वजनिक 

‘सरुभक्तका मुक्तक’  सार्वजनिक 

 राष्ट्रिय डेली

 

विराटनगर । साहित्यकार सरुभक्तका ५ वटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ वटा तथा नयाँ २ वटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति मङ्सिर ३ गते पोखरामा सार्वजनिक गरिएको हो ।

आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ ले कृतिको लोकार्पण गरेका थिए । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो । सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्सायनले बताए । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उनले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताएका थिए ।

सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि.सं. २०३५ सालमा मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू २०६१ र प्रेमयात्रा २०६७ सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् ।

मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाए। ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उनले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव समेत गरेका थिए। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...