केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु

 राष्ट्रिय डेली

गण्डकी ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।
खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले खेललाई व्यवसायिकरुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताए । खेलमा शारीरिक तथा मानसिक क्षमताको संयुक्त प्रदर्शन हुने बताउँदै अध्यक्ष ओलीले खेलबाट पहिचान र गरिमा बढाउन सकिने बताए ।
एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उनले सुनाए । मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उनको भनाइ छ ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेकपा एमाले नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताए।
कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले धारणा राखेको थिए । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आइसिसीको नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।

adv-single
सम्बन्धित समाचार

मकवानपुरमा ६०० भन्दा बढी उद्योग बन्द

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  ६१० वटा उद्योग बन्द भएका छन्।   मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...

उदयपुरमा आमा छोराको हत्या

  उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

  विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...

नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा रायमाझी

  नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

  विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...

सुनचाँदीको मूल्य स्थीर

विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

सुनको मूल्यमा सामान्य गिरावट

  विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

  विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...

वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ: अर्थमन्त्री पौडेल

विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...

बागमती प्रदेशमा सबैभन्दा बढी वैदेशिक लगानी

विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...