पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

 राष्ट्रिय डेली

 

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सय बराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए।

यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ ।

सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्यबराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

adv-single
सम्बन्धित समाचार

२१ महिनापछि सरकारको नेतृत्व देउवालाई दिन्छु : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्। दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई...

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...