अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

 राष्ट्रिय डेली

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०÷८१ को साउन, भदौ र असोज महिनामा रु एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार पाँच सय १० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आव २०८०÷८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पु¥याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।
अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । चालू आवको त्रैमासिक अवधिमा रु २९ करोड ४० हजार मूल्य बराबरको दुई हजार चार सय १७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिएका छन । अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ । फूललाई छिप्पिएपछि थुतेर कुचोका रुपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।
पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा रु ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६ सय ७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ । सोही अवधिमा रु १७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ ।
नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दालसमेत रहेको छ । सोही अवधिमा रु आठ करोड चार लाख १९ हजार मूल्य बराबरको पाँच सय ८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...