वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

 राष्ट्रिय डेली

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।

विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडि बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन् ।

पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ठिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् । आज मनमोहन गान्धी मार्गमा स्थानीयवासीले ढाँट लागाएर बाटो अवरोध गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ । छँदाछँदैको कालोपत्र उकाएर अलपत्र पारिएको बाटाका कारण स्थानीयवासीले लामो समयदेखि हिलो, घुलो र खाल्डाखुल्डिको समस्या भोग्दै आएका छन् ।

निर्माण सुरु नभएसम्म बाटो अबरुद्ध गर्ने भन्दै स्थानीयवासीले बाटैमा धर्ना दिएका छन् । बन्द कर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन । यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशानलय इटहरीले बताएको छ ।–––

adv-single
सम्बन्धित समाचार

स्टार बोर्डिङ स्कुलको ३० औं वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगरको स्टार बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सोही अवसरमा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी समेत गरेका...

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट...

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् । एमालेको...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३०...

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाडेका छन् । योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स...

‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र...

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

काठमाडौं । अहिले देशका सबैजसो ठाउँमा बदली भएर काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परिरहेको छ । अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा...

नामिबिया र नेदरल्यान्ड्बीचको खेल वर्षाले प्रभावित

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा...

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

गोरखा । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न...

प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए ।...

सम्पत्ति शुद्धीकरण विधेयक पारित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले...

अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा ठकुरी चयन

  विराटनगर । अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा रवि ठकुरी सर्वसम्मत चयन भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो । समितिको...