विराटनगर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज तैनाथ गरे नेटो गठबन्धनलाई कडा जवाफ दिने चेतावनी दिएका छन् । पश्चिमी मुलुकले युक्रेनमा रुसी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई कडा चेतावनी दिएका हुन् ।
युक्रेनमा नेटो फौज तैथान गर्नु भनेको रुसको ‘रेड लाइन’ पार गर्नु बराबर भएको र फौज तैनाथ गरेमा कडा जवाफ दिइने उनको भनाइ थियो । मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चिन्तित बनेको पनि पुटिनले बताए ।
‘यस्ता धम्की र फौजी तैनाथ भनेको रुसका लागि रेड लाइन हुन्’, पुटिनले भने, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’
पूर्वतर्फ नेटो फौजको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षेप्यास्त्र तैनाथीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग गर्न सक्ने पनि बताएका थिए ।
Post Views: 2