विराटनगर ÷ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले जालझेल गरेर आफू पक्षका उम्मेदवार दिलीप गच्छदारलाई हराइएको आरोप लगाएका छन् ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अर्यालले जालझेल गरेर सभापतिका उम्मेदवार गच्छदारलाई हराइएको दाबी गरे । “सहमतिका नाममा मलाई अल्मल्याउने काम मात्र भयो,” उनले भने, “हामीले रणनीति बनाउनै पाएनौं ।” उनले निर्वाचनमा शक्ति, सामथ्र्यको प्रयोगसँगै जालझेल र षडयन्त्रको साहारा लिइकाले त्यसको प्रभाव अन्य निर्वाचनमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
यता सभापति पदका उमेदवार दिलीप गच्छदारले निर्वाचनको परिणाम आफूलाई स्वीकार्य भए पनि निर्वाचनमा जालझेल गरिएको भन्दै असन्तुष्टि जनाए । उनले हार स्वीकार गर्दै सभापतिमा निर्वाचित डिगबहादुर लिम्बूलाई बधाई दिए । पत्रकार सम्मेलनमा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, राष्ट्रिसभा सदस्य रमेशजंग रायमाझी, सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।
Post Views: 29