विराटनगर । विराटनगरको केभिएम स्कुलमा बालक्लब गठन भएको छ । विद्यालयले शुक्रबार उत्कृष्टी शर्माको अध्यक्षतामा बालक्लब गठन गरेको हो । क्लबको उपाध्यक्षमा रोनिश भक्त जोशी, सचिवमा पूर्णिमा प्रधान, सह‒सचिवमा सम्यूज मास्के र कोषाध्यक्षमा ओजस्वी अधिकारी रहेका छन् ।
यस्तै सदस्यमा समृद्ध रिजाल, कृष्टिना फुँयाल, रोजिना पोखरेल, प्रलिशा गुरुङ र अनिता नकर्मी रहेका छन् । यसैगरी अनिश शाह, भूमिका कोईरी, महम्मद कैफुर, कुमकुम दास, आर्यन भट्टराई र अंकिता रेग्मी छन् ।
त्यस्तै स्कुल क्याप्टेनमा रेचल दास, भाइस क्याप्टेनमा खुसी रौनियार र अनुभव भगत चयन भएका छन् ।
विद्यार्थीको नेतृत्व विकास र अतिरिक्त क्रियाकलापमा सर्वाङ्गिण विकासका लागि स्कुल क्याप्टेन र बालक्लब गठन गरिएको स्कुलका कोअर्डिनेटर सिएम रिजालले बताए । छनोट भएका पदाधिकारीलाई प्याब्सनका केन्द्रीय सचिव राजेश कुमार दासले प्रमाणपत्र वितरण गरेका थिए ।
Post Views: 33