विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले निर्वाचनको सम्भावना नरहेको बताएका छन् ।
सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन् । ‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउँला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना हुने वाला छैन’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘सबैतिर गुम्दै गएको हुँदा पीडा बोलेको हो, यथार्थ बोलेको होइन ।’
अध्यक्ष नेपालले देशमा गठबन्धनको संस्कार बस्ने बताउँदै गठबन्धनमै निर्वाचनमा जाने अवस्था रहेको दाबी गरे । कांग्रेसका कुनै पनि नेताहरुले तालमेल गर्नुहुँदैन भन्ने अफूले नसुनेको उनले बताए । निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेलको सम्भावना रहेको नेपालको कथन थियो ।
Post Views: 27