विराटनगर । एल एण्ड सि मोडेल एजेन्सीले आयोजना गरेको सुनसरी लिटल प्रिन्स एण्ड एन्जल २०७८ को पहिलो अडिसन सम्पन्न भएको छ । अडिसन उल्लेख्य प्रतिस्पर्धीहरूको उपस्थिति रहेको थियो ।
शनिवार भएको पहिलो अडिसन मा १०० जना भन्दा बढी प्रतिस्पर्धी सहभागी भएपनि ८५ जनाको मात्रै अडिसन भएको छ । अब अर्काे अडिसन मंसिर २५ गते शनिवार राखिएको छ ।
पहिलो अडिसनको निर्णायकमा सुनसरी लिटल प्रिन्स एण्ड एन्जल सिजन एकका दोस्रो बिजेता अतुल गौतम, व्हाइट हाउस इन्टरनेसनल कलेज अफ होटेल म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर पोसन श्रेष्ठ, स्किन एण्ड व्युटी थेरापिष्ट साइ श्रीङ्गार विराटनगरका आकाश अग्रवाल र मोडेल तथा कोरियोग्राफर रसना कार्की रहेका थिए ।
दोस्रो अडिसन मंसिर २५ गते इटहरी को चिया चौतारि होटेलमा बिहान११ बजेबाट सुरु हुने र दोस्रो अडिसनमा नयाँ निर्णायकहरु रहने एल एण्ड सि मोडेल एजेन्सीका सिइओ दीपक गिरीले जानकारी दिए ।
६ बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाहरूको प्रतिस्पर्धा रहने यस कार्यक्रममा बालबालिकालाई मोडेलिङ क्षेत्रको ज्ञान दिइने कोरयोग्राफर संगिता चौधरीले बताइन् ।
दोस्रो अडिसन सम्पन्न भएपछि ३ दिनभित्र बालबालिकाका अभिभावकलाई बोलाएर उनीहरूकै सरसल्लाह अनुसार कार्यक्रम सम्पन्न गर्ने कोअर्डिनेटर रमेश भट्टराई ले जानकारी दिए ।