समाजवादी विद्यार्थी युनियन प्रदेश एकको समायोजन, रविन खम्बुको अध्यक्षतामा ६१ सदस्यीय समिती गठन

समाजवादी विद्यार्थी युनियन प्रदेश एकको समायोजन, रविन खम्बुको अध्यक्षतामा ६१ सदस्यीय समिती गठन

 राष्ट्रिय डेली

 

महेश भट्टराई

इटहरी । समाजवादी विद्यार्थी युनियन प्रदेश एकको समायोजन सम्पन्न भएको छ । आइतबार जनता समाजवादी पार्टी प्रदेश कार्यलयको सभाहल इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रमबाट रविन खम्बुको नेतृत्वमा ६१ सदस्यीय समिति गठन गरिएको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल, उपाध्यक्षमा वरदान भरत राई, पनन राई, मिलन कोयी राई, चन्द्र किराती, प्रज्ञा इजम लिम्बु, डि एन सुब्बा र मिथलेस यादव चयन भएका छन् ।

त्यस्तै मुख्य सचीव कृष्ण गिरि, सचीवमा मनोज यादव, परमेश्वर यादव, सुबास राई र योगेन्द्र राई चयन भएका छन् भने कोषाध्यक्षमा फुलन मण्डल चयन भएका हुन् ।

जनता समाजवादी पार्टी प्रदेश एक सदस्य शिल्पा राईको प्रमुख आतिथ्यतामा उक्त समायोजन सम्पन्न गरिएको नवनिर्वाचित समितिका उपाध्यक्ष चन्द्र किरातीले जानकारी दिए ।

प्रदेश १ को समाजवादी विद्यार्थी युनियनको अध्यक्ष भएपछि जुझारु छवि भएका नेता खम्बूले प्रदेश १ मा समाजवादी विद्यार्थी युनियनलाई विस्तार गर्नु नै आफ्नो प्राथमिकता भएको बताए ।

नवनिर्वाचित समितिको पहिलो बैठक आगामी पुष ६ र ७ गते खोटाङमा गर्ने तथा समिति गठन गर्न बाकी जिल्ला, क्याम्पसमा तत्काल समिति विस्तार गर्ने निर्णय समेत गरिएको नवनिर्वाचित अध्यक्ष रविन खम्बुले बताए ।

उनले कतिपय जिल्लामा संगठन नै नबनेको भन्दै संगठन नबनेका जिल्लामा संगठन बनाउने, क्याम्पसहरुमा संगठन बनाउने, निष्कृय रहेका संगठनहरुलाई सक्रिय बनाउने र प्रदेश १ मा समाजवादी विद्यार्थी युनियनलाई एउटा शक्तिशाली विद्यार्थी संगठन बनाउने बताए ।

समाजवादी विद्यार्थी युनियन सुनसरी अध्यक्ष मिथलेस यादवको अध्यक्षता सम्पन्न समायोजन कार्यक्रममा विशेष्ट अतिथी समाजवादी विद्यार्थी युनियन केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ, अतिथिहरुमा समाजवादी विद्यार्थी केन्द्रीय सचीव मनिष यादव, समाजवादी विद्यार्थी युनियनका ३२ जना सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टीको भातृ संगठन हो ।
पूर्व समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनबिच एकता भइ समाजवादी विद्यार्थी युनियन घोषणा गरिएको थियो । केन्द्रमा एकता भए सँगै लामो समय पश्चात् आइतबार प्रदेश एकको समेत समायोजन सम्पन्न गरिएको हो ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...