काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।
एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाएका छन। प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्, ओलीले भने, लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन्।
लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्। लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन्। अर्थतन्त्र नबुझी बोल्दा रहेछन्। ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको पनि बताए।
Post Views: 38