विराटनगर ÷ विराटनगरमा मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव हुने भएको छ ।
काठमाडौं उपत्याका बाहिर पहिलोपटक विराटनगरमा यही पुस ९ र १० गते महोत्सव हुन लागेको हो । दुईदिनसम्म चल्ने महोत्सवअन्तर्गत प्रदेश–१ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन गर्ने कार्यक्रम छ ।
आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहयर्कायमा महोत्सव हुन लागेको हो । समितिले बिहीबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरुको भाषा, कलासंस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले बताए । काठमाडौं उपत्यकाबाहिर मोफसलमै पहिलोपटक विराटनगरमा महोत्सव आयोजना गर्न लागिएको राजवंशीले जानकारी दिए ।
महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । अध्यक्ष राजवंशीका अनुसार प्रदर्शन गरिएका चलचित्रहरुमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ । त्यसका लागि विभिन्न भाषाभाषीको निर्देशक सम्मिलित एक निर्णायक समितिसमेत गठन गरिने आयोजक समितिले जनाएको छ ।