विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रसिद्ध लोक कथामा आधारीत नाटक ‘खरानीको डोरी’ मंचन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक मञ्चन भइरहेको छ ।
नाटकको अवलोकनका लागी विराटनगरका स्कुल र कलेजहरुको उपस्थिती रहदै आएको छ । आज बुधबार बिहान ८ बजेको शो हेर्न आएको कान्तिपुर प्लस टुका विद्यार्थीहरुले नाटक मात्र हेरेनन् कलाकारहरुसंग अन्तरक्रिया समेत गरेका थिए । कान्तिपुर प्लस टुका विद्यार्थीहरुले नाट्य रुपान्तरण , निर्देशक र कलाकारहरुलाइ नाटकघर र नाट्य क्षेत्रका विषयमा जानकारी समेत लिएका थिए भने विद्यार्थीहरुमा नाटक प्रतिको मोह अन्य स्कुल , कलेजका विद्यार्थीहरु भन्दा फरक रहेको थियो । कान्तिपुर प्लस टुले विराटनरमा मंचन भए सम्मका नाटकहरु विद्यार्थीहरुलाइ देखाउँदै आएको संचालक शंखर काफ्लेले बताए ।
‘खरानीको डोरी’ नाटकले अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको छ । नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।
नाटक १७ गते सम्म मञ्चन हुने भनिए पनि तिन दिन थप समय बढ्ने आयोजकले बताएको छ । । बिहिबारबाट हरेक दिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दई सो नाटक मञ्चन हुनेभएको छ । । नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्य व्यक्तिका लागि २ सय शुल्क राखिएको छ ।
Post Views: 1