विराटनगर । विराट नेपाल मेडिकल ट्रस्टले मोरङको पथरीशनिश्चरे नगरपालिकामा टि.बि. क्लब कार्यक्रम सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजना र विराट नेपाल मेडिकल ट्रष्टको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका क्षयरोगीहरूले आफ्ना अनुभव र भविष्यमा गर्नुपर्ने सुधारका विषयमा छलफल समेत गरेका थिए । अस्कोट प्रोजेक्ट अन्तर्गत गरिएको छलफल कार्यक्रममा क्षयरोगबाट पीडित र मुक्त भइसकेका ब्यक्तिहरूलाई राखेर टि.बि. सम्बन्धि सिकाइ भोगाईबारे कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा क्षयरोगीहरूले आ–आफ्ना अनुभव सुनाएका थिए भने कार्यक्रमबाट क्षयरोगको बारेमा धेरै कुरा सिक्ने मौका पाएको विरामी जुनादेवी खतिवडाले बताइन् । ‘ क्षयरोग औषधि खाँदा निको हुने रोग हो ,समयमा नै खकार जाँच गरेर औषधि सुरु गर्ने हो भने सजिलै रोगबाट मुक्ति पाइने विरामी जुनादेवी खतिवडाले बताइन् । साथै विराट नेपाल मेडिकल ट्रस्टले गरेका यस्ता खाले कार्यक्रमले रोगबारे जान्न र बुझ्न धेरै सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिन । टि. बि. सम्बन्धी थप धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको र समाजमा समेत यस विषयमा जानकारी दिनसक्ने भएको अन्य सहभागी व्यक्तिहरुले पनि आ–आफ्ना अनुभव र भोगाइका बारेमा आफ्ना कुरा सुनाएका थिए ।
कार्यक्रममा मेयर मोहनप्रसाद तुम्वापोले अन्तरक्रिया कार्यक्रमले क्षयरोगका बारेमा अझ प्रष्ट हुने जानकारी दिँदै विरामीले भोगेका पारिवारीक एव् सामाजिक रूपमा देखिएका भेदभाव न्यूनिकरण गर्न महत्वपुर्ण सहयोग गरेको बताए । यस्ता किसिमका रोगहरु सँग सबैले मिलेर लड्नु पर्ने समेत उनले बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी प्रसाद आचार्यले पथरिशनिस्चरे नगरपालिकाले धेरै समय अघि देखि क्षयरोग मुक्त अभियानमा तिब्रता दिएको र विराट नेपाल मेडिकल ट्रस्टले उक्त अभियानमा सहयोग प्रदान गरेको र यस्ता कार्यमा विराट नेपाल मेडिकल ट्रस्टलाइ सँधै अग्रसर रहन आग्रह समेत गरे ।
समाज र जनसमुदाय सम्म क्षयरोगलाइ चिनाउन र यसबाट मुक्त समाज निर्माणका लागि टि.बि. क्लव गठन गरेर कार्यक्रममा गरिएको विराट नेपाल मेडिकल ट्रष्टकी मोरङ संयोजक पुनम विष्टले जानकारी दिइन् । कार्यक्रममा क्षयरोग सम्बन्धी भिडियो र क्षयरोग सम्बन्धी अनुभव आदान प्रदानका कारणले बिरामीले भोग्नु परिरहेका चुनौतिका साथै समाधानका विषयमा पनि विष्टले जानकारी दिएकि थिइन ।
कार्यक्रमममा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापो, मोरङ जिल्ला निमिक्त स्वास्थ्य कार्यालय प्रमुख मुलुकचन्द राजवँशी, पथरी शनिस्चरे वार्ड न: ७ का वडा अध्यक्ष उद्धव राज बस्नेत, स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, सह= संयोजक जगत मगर तथा एकराज खत्री, पथरी अस्पतालका टि.बि. फोकल पर्सन राजेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
Post Views: 6