विराटनगर । विराटनगर ८ हाटखोलामा अवस्थित ग्रेडेड स्कूलले ग्रेडेड नृत्य प्रतियोगीताको छनोट चरण सम्पन्न गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका ७८ जना विद्यार्थीहरुको छनोट चरणमा सहभागि रहेको स्कुलले जनाएको छ ।
विद्यालय परिसरमा भएको कार्यक्रम प्रतियोगीहरुलाइ तीन समुहमा विभाजित गरिएको थियो । कक्षा १ देखि ३, कक्षा ४ देखि ६ र कक्षा ७ देखि ९ को समुहबाट १० जना विद्यार्थीहरु फाइनल चरणका लागी छनोट भएका छन् । फाइनल चरण माघमा आयोजना गर्ने विद्यालयले जानकारी गराएको छ ।
ग्रेडेड नृत्य प्रतियोगिताको निणार्यकमा नृत्य प्रशिक्षक दिपेश ढकाल र प्रिया श्रेष्ठ रहेका थिए । विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले बताएका छन् ।
Post Views: 8