स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

 राष्ट्रिय डेली

काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम सहभुक्तानी बीमित बिरामीलाई तिराउने भएको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिएका छन ।
यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई रु एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताए । “बीमितले अनावश्यकरुपमा स्वास्थ्य परीक्षण गराउन थाले”, उनले भने, “त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।” उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ श्ययासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उहाँको भनाइ छ । सहभुक्तानी प्रणाली सङ्घीय अस्पताल, २५ श्ययाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ । गरीब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली ९१० प्रतिशत रकम तिर्नु नपर्ने लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन् । विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले रु एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।

adv-single
सम्बन्धित समाचार

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...

एकैदिन तोलामा दुई हजार रूपैयाँले महँगियो सुन

विराटनगर । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि...

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...