एसइई परीक्षा आन्तरिक मूल्यांकनको अधारमा गर्न सिफारिस

एसइई परीक्षा आन्तरिक मूल्यांकनको अधारमा गर्न सिफारिस

 राष्ट्रिय डेली

काठमाडौँ, ६ जेठ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा आन्तरिक मूल्यांकनको अधारमा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले आन्तरिक मूल्यांकनको अधारमा परीक्षा गर्न सिफारिस भएको बताएका छन् ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीका विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ ।

बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदनबाट आन्तरिक मूल्यांकनकै अधारमा गर्न सिफारिस गरेको जनाए ।
छलफलमा सहभागी राजधानीको नील वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलले एसईईको परीक्षा गत वर्षकै जस्तो आन्तरिक रूपमा लिने र विद्यालयलाई नै जिम्मा दिन सुझाव दिएको बताइन् ।

सरकारले गत वर्ष पनि कोरोना भाइरसको समस्या कारण विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईका विद्यार्थीको नतिजा प्रकाशन गरेको थियो । यसपटक पनि विद्यालयले पहिलो तथा दोस्रो तहको आन्तरिक त्रैमासिक परीक्षा लिइसकेकाले आन्तरिक मूल्याङ्कन गर्न समस्या नहुने भएकाले त्यसको जिम्मा विद्यालयलाई नै दिन उपयुक्त हुने सुझाइएको छ ।

adv-single
सम्बन्धित समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...

नमुना विद्या मन्दिरमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना...

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ र न्यूरो कार्डियो मल्टिस्पेशलिटी हस्पिटल विराटनगरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल र हस्पिटलका तर्फबाट अपरेशनल डिरेक्टर राजेश भट्टराईले...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...