मेयर साबलाई चिठ्ठी !

मेयर साबलाई चिठ्ठी !

 राष्ट्रिय डेली

आदरणीय मेयर साब,
बिराटनगर महानगरपालिका

मेयर साब हरपलको सम्झना । मैले मात्र हैन अहिले सिङ्गो महानगरका जनताले तपाईँलाई सम्झिरहेका छन् । हिजो चुनावी मैदानमा एमालेलाई भोट हाल्नेले होस् अथवा गाई या मसालमा भोट हाल्नेले होस्, हरेक विराटनगर वासीले मैले जस्तै तपाईँलाई सम्झिरहेका छन् ।

मेयर साब अहिलेको अवस्था सामान्य छैन । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुका हातमुख जोर्नेहरूको रासन सक्किएको छ । हो तपाईँले रातदिन गरिरहनु भएको छ । आफुले प्रयोग गर्ने गाडी समेत संक्रमितलाई हस्पिटल पुर्याउन सजिलो होस भनेर दिनुभएको छ । ब्याक्तिहरूका घर घरमा अक्सिजन सिलिन्डर लिएर पुग्नुभएको छ । हिजो चुनावी मैदानमा तपाईं उत्रीदै गर्दा भिम पराजुलिले जित्नु पर्छ विराटनगरले पक्कै प्रगति गर्छ भन्ने युवा म पनि हुँ । अहिले हरेक विराटनगर वासीको आसा भरोसा तपाईं नै हो ।

तर, तपाईँसँग केही प्रस्न गर्न मन लागेको छ । मेयर साब विराटनगर १९ का मुसहर बस्तिका जनता तपाईँका हुन कि होइनन ? १७ नं. वडाका मुस्लिम सामुदायका जनता तपाईँका हुन कि होइनन ? सामान्य अवस्था हुँदा समेत आर्थिक चपेटामा परेका ती जनताले अहिले सम्म राहत किन पाएनन ? तपाईं क–कस्को घरमा अक्सिजन सिलिन्डर बोकेर पुगिरहनु भएको छ ? जनताकोमा कि तपाईँका कार्यकर्ता को मा ?

मेयर साब दिनभरी तातो घाममा निधार बाट पसिना चुहाएर ठेला चलाएर दैनिक गुजारा गर्ने मजदुरहरूको घरमा चुल्हो बलेको छ कि छैन ? हिजो चुनाबमा सुर्य, मसाल र गाई चिन्हमा भोट हाल्ने जनताको घरमा अक्सिजन सिलिन्डर बोकेर तपाईं जानुभएको छ कि छैन ? यस्ता प्रश्नहरू म जस्ता धेरैको मनमा अहिले कुदिरहेको छ ।

मेयर साब अहिले जनतालाई आकाशे पुल र भ्यु टावर चाहिएको छैन । अहिले जनता भोकबाट बाच्न चाहान्छन । त्यँहा छुट्याइएको बजेटले अहिले जनता बचाउनुस । अहिले पार्टी र कार्यकर्ता हेर्ने दिन हैन तपाईं अक्सिजन सिलिन्डर बोकेर चाहे एमाले कार्यकर्ता होस या राप्रपा कार्यकर्ता या समाजवादी सबैकोमा जान आवश्यक छ । सबै नगरवासी तपाईँका जनता हुन् । यो विषम परिस्थितिमा सबैले तपाईँलाई सम्झिरहेका छन् । सबैलाई तपाईँको आवश्यकता छ । अहिले तपाईँले आफन्त र कार्यकर्ता नहेर्नुहोला । सबै नगरवासीलाई उत्तिकै प्रथमिकतामा राखेर काम गर्नुस् । म जस्ता हजाराँ युवा भोलि तपाईँको पक्षमा हुने छन् । भोलिका दिनमा फेरि चुनाब आउदा चाहे जुन पार्टिका कार्यकर्ता वा व्यक्तीले तपाईँको आवश्यकताको महसुस गरून् । अहिले महामारीमा जनतालाई रोग र भोकबाट बचाउनुहोस् । सँधै जनताले तपाईँको जय जयकार गर्नेछ्न र सम्झिरहने छन् ।

कटवाल दिपक, विराटनगर

adv-single
सम्बन्धित समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...

एकैदिन तोलामा दुई हजार रूपैयाँले महँगियो सुन

विराटनगर । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि...

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...