स्याउ तस्करीमा उच्च तहका प्रहरी अधिकारीकै संलग्नताको आशंका

स्याउ तस्करीमा उच्च तहका प्रहरी अधिकारीकै संलग्नताको आशंका

 राष्ट्रिय डेली

ईनरुवा, ७ असार । सुनसरीको सीमा नाका कटाएर भारतको वीरपुर पुर्याईएकोमा भारतीय प्रहरीको नियन्त्रणमा पुगेपछि उजागर भएको तस्करी काण्डमा सुनसरीकै उच्च तहका प्रहरी अधिकारीको संलग्नताको आशंका गरिएको छ ।

निषेधाज्ञाको समयमा नेपालबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ भारतीय प्रहरीले बिहारको वीरपुरमा बरामद गरेको थियो । सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि उक्त घटनामा सुनसरी प्रहरीको मिलेमतोमा तस्करी भएको आशंका गरिएको हो ।

सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन गरिरहेका छन् । स्याउ तस्करीमा प्रहरीका उच्च तहका अधिकारीदेखि जुनियर प्रहरी अधिृकतसम्मको नाम घटनामा मुछिएको प्रहरी स्रोतको दावी छ । भारतसँग खुला सिमा जोडिएको सुनसरी सुरक्षा संवेदनशिलता तथा राजस्व छली, सीमा वारपार चोरी पैठारी लगायतका दृष्टिले सुरक्षाको उच्च प्राथमिकतामा पर्ने तराईको महत्वपुर्ण र संवेदनशिल जिल्ला हो ।

सुरक्षा संवेदनशिलता तथा राजस्व छलीको हिसावले महत्त्वपूर्ण मानिएको सुनसरीमा करिव एक बर्ष यता प्रहरीको काम कारवाही फितलो रहँदा सीमा सुरक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा समेत जिल्लाबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिचको भारत तर्फ तस्करी बढिरहेको एक पूर्व प्रहरी अधिकारीले बताए । पछिल्लो समयमा स्याउ तस्करीको विषयले मात्र मिडियामा चर्चा पाएपनि भारतीय प्रहरीले नेपालबाट तस्करी भएर भारतीय बजारमा पुगेका स्याउ, मरिच लगायतका सामान धमाधम बरामद गरिरहेको छ ।

ती पूर्व सुरक्षा अधिकारीले भने, ‘महंगो वस्तु भएकाले मरिचको तस्करी छोटेमोटे तस्करले गर्दैनन्, मरिच तस्करीको लागि ठूलो सेटिङ्ग हुन्छ । मरिच तस्करी प्रहरी प्रशासनको मिलेमतो बीना लगभग असम्भव नै हो। त्यसका लागि ठूलो रकमको चलखेल हुन्छ ।’ सुनसरीबाट भएको चिनियाँ स्याउको तस्करीको छानविनमा तल्लो तहका प्रहरी अधिकारीहरुलाई तस्करीको दोष लगाएर उपल्ला अधिकारीले उन्मुक्ति पाउने अवस्था आउन सक्ने भन्दै सुनसरीमा कार्यरत तल्लो दर्जाका प्रहरीहरुले समेत चिन्ता ब्यक्त गरेका छन् ।

परिचय गोप्य राख्ने सर्तमा उनीहरूले भने, ‘यो तहको तस्करी तल्ल्लो तहका अधिकारी, जवानको तहबाट हुन सक्दैन । तर, आदेश पालना गर्ने क्रममा हामी जस्ता तल्ला तहका कर्मचारी फसिरहेका हुन्छन । निष्पक्ष छानविन होस्। दोषीले उन्मुक्ति नपाओस।’ त्यसो त, तल्ला तहका प्रहरी कर्मचारीको भनाईमा सहमति जनाउदै ती पुर्व प्रहरी अधिकारी भन्छन्, ‘मैले त भनिहालें नि, सुनसरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी गरेर भारत पुर्याईएको परिणामको स्याउ, मरिच लगायताका सामान तल्लो दर्जाका मानिसले मिलाउन सक्ने सेटिङ्ग नै होइन ।

उनिहरू त आदेश पालक मात्र हुन् । तर, यहाँ फस्ने सम्भावना उनीहरूको बढेर गएको छ । यो चिन्ताको विषय हो ।’ सुनसरीमा नेपालभारत दुवैतर्फ बाट हुने तस्करीका विषयमा जानकारहरूका अनुसार पछिल्लो समयमा सुनसरीमा तस्करीको धन्दा धेरै मौलाएको छ । प्रहरीको संरक्षण र संलग्नता बिना ठुलो परिमाणमा गाडी सहित स्याउ भारत पुर्याउन कल्पना समेत गर्न नसिकने भण्टाबारीका स्थानीय बासिन्दा दिलिप कामत बताउँछन । प्रहरी प्रमुखकै मिलेमतोको आशंका जिल्लामा सरुवा भएर आएपछि नेपाल प्रहरीका एसपी कमल थापा माथि आर्थिक चलखेलको आरोप लाग्दै आएको छ । जिल्ला आएको केहि समयमै थापा आर्थिक प्रलोभनमा परी कमाउ धन्दामा लागेको भन्दै प्रदेश एक प्रहरी कार्यालय बिराटगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उनि विरुद्द उजुरी परेको थियो ।

आर्थिक प्रलोभनमा परी विवादित छवि वनाएका एसपी थापाको कार्यकालमा सुनसरीको खुल्ला सिमा हुँदै ३ ट्रक चाईनिज स्याउ भारत प्रवेश गरी भारतीय प्रहरीले पक्राउ गरेपछि उनीमाथि पनि आशंका गरिएको छ । निषेधाज्ञाको समयमा सिमामा समेत कडाई भईरहेको अवस्थामा जिल्ला स्थित प्रहरीको उच्च अधिकारीको संलग्नता बिना ठुलो परिमाणमा स्याउ भारत निकासी हुन नसक्ने सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाको तर्क छ । भारतसँग सिमा जोडिएको सुनसरीको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको भण्टाबारी कमाईका हिसाबले आर्कषक स्थान भएकाले एसपी कमल थापाले उक्त स्थानमा गत ज्येष्ठ १७ गते आफ्नै भतिज पर्ने ‘सई’ गंगा थापालाई खटाएको स्रोतको दावी छ ।

स्रोतले भन्यो, ‘एसपी थापाले केही जनप्रतिनिधिसँगको मिलेमतोमा भारतसँग सिमा जोडिएका नाकाको मासिक शुल्क नै तोकेको र तस्करले मासिक १५ लाख देखि २० लाख रुपैँया सम्म सुनसरी प्रहरीलाई बुझाउने गरेको जानकारी छ ।’ कोरोना महामारी नियन्त्रणका लागि लगाईएको जिल्लाब्यापी निषेधाज्ञाको समयमा सीमाक्षेत्रमा अझै कडाई हुने गरेको बताउँदै कोशी गाँउपालिका ७ का स्थायी बासिन्दा बिरेन्द्र यादव भन्छन्, ‘नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाईनिज स्याउ भारतीय भुमिमा पुग्नु सानो तस्करी होईन भने प्रहरीसँगको मिलेमतोमै भएको घटना हो भन्ने प्रष्ट हुन्छ ।’

सिसिटीभि समेत बन्द गरेर लकडाउनका समयमा कसैले थाहा नपाउने गरि ठुलो परिमाणको समान भारत छिराएकोमा भारतीय प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक हुनुले यसभन्दा अघि पनि सेटिङ्गमा दैनिक विभिन्न मालवस्तुको ठुलै तस्करी गरेको त प्रष्टै भएको यादव तर्क गर्छन । तस्करीको घटनाका विषयमा संवाददाताले जिज्ञासा राख्दा सदरमुकाम ईनरुवालाई मुकाम बनाएर पत्रकारिता गरिरेहका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एकवाल अहमदले उक्त घटनाले आफु आश्चर्यमा परेको बताए । सीमा सुरक्षामा सुनसरीका सुरक्षा निकाय असफल बनेको टिप्पणी गर्दै उनले सीमा पूर्णरुपमा बन्द भएको अवस्थामा तीन ट्रक स्याउ बोकेका नेपाली ट्रक भारतीय शहर बिरपुर कसरी पुग्यो भनि प्रश्न गरे ।

पत्रकार अहमदले भने, ‘लकडाउनको समयमा सीमा क्षेत्रमा ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी र अनुसन्धानका कर्मचारी खटिएको छ । उनीहरुलाई छलेर त्यति ठुलो परिमाणको समान भारत पुग्नुलाई सामान्य रुपमा लिन सकिँदैन ।’

adv-single
सम्बन्धित समाचार

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...