युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

 राष्ट्रिय डेली

काठमाडौँ, २१ असार । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।

नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलपे्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।

रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच । निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । राति ९ः४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।

नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।

“युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो,” उनले भने, “यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो । ”

सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ जीबी हुने गर्छ । यद्यपि पछिल्लो समय त्यस्तो औसत पनि बढेर १५ जीबीसम्म पुगेको छ । ठूला किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको श्रेष्ठको अनुभव छ ।

“यसअघि पनि सन् २०१८ मा विश्व कपको समयमा ट्राफिक बढेर ३२ जीबीपीएससम्म पुगेको थियो,” उनले भने। त्यो नै नेपालभित्रको आन्तरिक इन्टरनेट खपतमा यसअघिको रेकर्ड थियो ।

पछिल्लो समय सेवा प्रदायकहरूले युरो कपजस्ता इन्टरनेट कन्टेन्टको नेपालमै होस्टिङ गर्दा पनि आन्तरिक इन्टरनेट ट्राफिक बढी हुने पुगेको श्रेष्ठको भनाइ छ । यसले अर्काेतिर नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुगेको उनको बुझाइ छ । “नेपालभित्रै होस्टिङ हुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत नहुँदा ठूलो रकम बाहिरिनबाट पनि रोकिन्छ,” उनले भने। पछिल्लो समय चर्चित इन्टरनेट कन्टेन्टहरूको क्यास सर्भर राखेर नेपालमै होस्टिङ गर्ने चलन पनि बढिरहेको उनले जानकारी दिए ।

ओभर दी टप (ओटीटी)मार्फत नै टेलिभिजन हेर्न सकिने सुविधाले पनि यसमा बल पु–याएको उहाँको बुझाइ छ । अहिले डिस होम गो, नेट टीभी, भाया टीभी, प्रभु टीभीजस्ता एपमार्फत नै प्रयोगकर्ताले टेलिभिजन हेर्न सक्छन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमै आधारित रहेर आफ्ना प्रयोगकर्तालाई टेलिभिजन सुविधा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट प्रयोगमार्फत टेलिभिजन हेर्ने प्रवृत्तिले पनि ट्राफिक बढेको श्रेष्ठको तर्क छ ।

यसले अन्ततः नेपाललाई नै फाइदा पुग्ने उहाँले बताउनुभयो । एनपीआईएक्सले आफ्ना सदस्यहरूबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालको आन्तरिक इन्टरनेट ट्राफिक मूल्याङ्कन गर्छ । अहिलेका यसका करिब चार दर्जन सदस्य छन् । देशका प्रमुख दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, सूचना प्रविधिसँग सम्बन्धित सरकारी निकाय, होस्टिङ सेवा प्रदायक यसका सदस्य छन् ।

adv-single
सम्बन्धित समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...

नमुना विद्या मन्दिरमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना...

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ र न्यूरो कार्डियो मल्टिस्पेशलिटी हस्पिटल विराटनगरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल र हस्पिटलका तर्फबाट अपरेशनल डिरेक्टर राजेश भट्टराईले...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...