वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी
काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...
निरज कुमार झा
नेपालका डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षाैं बिताएर आफ्नो खेत जग्गाको हेरचाह गर्न घर फर्के । आफ्नो उमेरका पचासौं दशकका दुई शिक्षित नेपाली युवाहरू वीचमा काठमाडौंका सबै साँघुरो गल्लीहरू औंलाको टुप्पोमा थाहा गन्न सक्ने क्षमता बाहेक केही समानता छैन ।
जीवनका विभिन्न दृष्टिकोणहरूको बावजुद तिनीहरू ‘विश्वसनीयता’ को उच्च स्तरमा विश्वास गर्दछन् र उनीहरूका लागि धोखाधडीको कुनै ठाउँ छैन आफ्नो जीवनमा । हामी किन उनीहरूको बारेमा कुरा गर्दैछौं ? यतिबेला आधा विश्व अझै पनि कोरोना महामारीको दोस्रो छालको विरूद्ध संघर्ष गरिरहेको छ ।
यद्यपि हामी घातक उत्परिवर्ती भाइरसलाई सम्बोधन गर्न विभिन्न तरिका र विधिमा छलफल नगरी आगामी सम्भावित जोखिम र द्वन्द्वको निरुपणसहित न्याय गर्न सक्दैनौं । अहिले विश्वमा अर्थव्यवस्था चकनाचुर पार्दै र अनावश्यक दबाबसहित सार्वजनिक स्वास्थ्य प्रणालीलाई चलाउँदैछ ।
यो मिल्दो कुरा हो कि जब हामी कोरोनाको बारेमा कुरा गर्छाैं, सबैको आँखा चीनतर्फ फर्कन्छ । विनाशकारी निरन्तर उत्परिवर्तन भइरहने भाइरसको पूर्वनिर्धारित जन्मभूमि र यसकोे गर्भमा यो भाइरसको उत्पतिको कथा लुकेको सबैको मान्यता छ । सन् २०२० भरि नै निरन्तर संसारभरिकै सञ्चार क्षेत्र र नागरिकबाट आलोचना भएपछि चीनले कोविड–१९ विरुद्धको खोप सहयोगमार्फत धेरै भन्दा धेरै देशहरुमा पुग्न आफ्नो छबिलाई उजिल्याउन कोशिस गरिरहेको छ ।
यो खोप शुरु गर्ने चीन पहिलो राष्ट्र थियो भन्ने तथ्यलाई पक्कै पनि इन्कार गरिएको छैन । २०२० को बीचमा लगभग एक वर्ष अगाडि कोविड–१९ विरुद्धको खोप व्यावसायिक रूपमा सञ्चालन गरियो । यद्यपि कम्युनिष्ट देश चीनले कमजोर साझेदार देशहरूलाई खोप आपूर्ति र सडक निर्माणलाई लिएर विवादास्पद समस्या पैदा भयो । यो विषालु बेल्ट र रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरूको स्वार्थसँग गाँसिएको छ । उदाहरणको लागि पूर्वीय र मध्य यूरोपेली देशहरूमा प्रभुत्व विस्तारका लागि यो सब गरिँदैछ भने नेपाल, श्रीलंका र बंगलादेशमा स्पष्ट रूपमा सबै रणनीतिक लाभका लागि ।
मौलिक प्रश्न भनेको चिनियाँ खोपहरूको प्रभावकारिता, क्षमता र सुरक्षासँग सम्बन्धित छ । पारदर्शी सहकर्मी समूह वा क्लिनिकल परीक्षण डाटाको संस्थागत छानबिन सुनिश्चित नभई विश्वासको पूर्ण प्रत्याभूति हुन्न । कोभिड–१९ विरुद्धका खोप लगायत सबै प्रकारका खोपको विकास एक कडा मेहनतको साथ गरिने कष्टसाध्य प्रक्रिया हो । यसका लागि पर्याप्त समय, पैसा र संसाधनहरूको लगानीको आवश्यकता पर्छ ।
यसका लागि फरक उमेर, लिंग, बिरामी प्रोफाइललाई केन्द्रमा राख्नुपर्छ भने देशीय, क्षेत्रीय, जातीय र अन्य समयबद्ध विविधताको परीक्षणसँग सम्बन्ध हुँदैन । कुनै पनि खोप विकासको पारिस्थितिक प्रणालीको आधारशिला स्पष्ट पारदर्शितापूर्ण, वैज्ञानिक समुदायबाट परीक्षण, तथ्यको विस्तृत प्रसार वा छानबिन सहितको हुनुपर्छ । साथै सम्भावित र अव्यक्त दुष्प्रभावहरूको बारेमा विचार गरिएको हुनुपर्छ ।
चिनियाँ खोपको मामलामा माथि उल्लेखित प्रमुख आधाररू हराइरहेका छन् र महत्वपूर्ण कुरा भनेको चीनका अधिकारीहरूले गोप्यताका पर्दाहरू भित्र खोप विकास चरणहरूलाई सुदृढ गर्दै, प्राप्तकर्ता देशहरूसँग क्लिनिकल परीक्षण रिपोर्टहरू साझेदारी गर्न इन्कार गर्दै छन् । यी सबै गुप्त योजनाहरू जसले सार्वजनिक स्वास्थ्य सेवाको लागि पनि डर र शंकालाई बढावा दिन्छन् । फलस्वरूप विश्वासको घाटा बढाउँदै जाँदा कुनै पनि नयाँ खोपले खोपको सम्बन्धमा शंकास्पद र रूढिवादी सोचनै हावी भएर आउँछ ।
अर्काे महत्वपूर्ण कुरा भनेको कोरोना भाइरस महामारी विरुद्ध काम गर्ने चिनियाँ स्वास्थ्य सेवा उत्पादनहरूको दक्षता र प्रभावकारिताको विगतको कीर्तिमान पनि उत्साहजनक भएको छैन । भाइरसले संसारमा विपत्ति ल्याइसके पछि चिनियाँ टेस्ट किटहरूको प्रभावकारिताका सम्बन्धमा नराम्रा खबर बाहिर आएका थिए । स्पेनले लाखौं टेस्ट किट फिर्ता पठाए किनकि ती किटहरू दोषपूर्ण प्रमाणित भए । त्यस्तै चेक गणतन्त्रमा चीनले पठाएको ८० प्रतिशत परीक्षण किटहरू दोषपूर्ण भए । चलनचल्तीको उखानै छ ‘एक पटक टोकाइ दुई पटक लाज’ ।
चिनियाँ खोपहरू कतिपय देशहरूले दबाबमा स्वीकार गरेका छन्, धेरै जसो उदार पश्चिमी लोकतन्त्र अझै पनि चिनियाँ खोपको उपयोगका बारे निर्णय लिनमा सुस्त छन् र ढिलाढाला गरिरहेका छन् । अहिलेसम्म चीनले आफूले उत्पादन गरेको खोपको प्रभावकारिता र हुनसक्ने दुष्प्रभावको बारेमा आम जनमानसमा भएको शंका निवारण गर्न असफल भएको छ । हालसम्म चीनले क्लिनिकल परीक्षण प्रक्रियाको महत्वपूर्ण चरणहरू पूरा नगर्ने, चरणहरु नाघेर जाने र छिटो नियामक अनुमोदनका लागि कानूनको प्रक्रियालाई रोक्ने क्रममा छोटो परिक्रमण गर्ने जस्ता काम गरिरहेको छ ।
चाखलाग्दो कुरा यो छ कि चिनियाँ सञ्चारक्षेत्र चिनियाँ खोपहरूको आफ्नै अनुमानित र काल्पनिक कथाहरू रचना गर्दै चिनियाँ खोपको प्रभावकारिताको विज्ञापन गर्दै घमण्डसहित रमाइरहेका छन् । उनीहरु विश्वका सबैभन्दा प्रसिद्ध फार्मास्यूटिकल कम्पनीहरूले बनाएको खोपको प्रभावकारितालाई पनि कम आँक्न र आम जनमानसमा भ्रम छर्न राज्य प्रायोजित प्रचारको जाल बिछ्याइरहेका छन् ।
यतिबेला धेरैजसो विश्वव्यापी सञ्चारक्षेत्र लगातार कसरी चिनियाँ खोपको प्रभावकारिता संसारमा सबैभन्दा कम छ भनेर संसारले नै सुन्ने गरी बताइरहेका छन् । सबैभन्दा पहिले, श्रीलंका एसियाका प्रथम देशहरूमध्ये एक थियो जसले चिनियाँ खोपहरूको पछाडि भएको राजनीतिलाई बुझ्यो र फलस्वरूप धेरै सुरक्षित र भरपर्दाे भारतीय खोप रोज्यो । सानो हिमालयन देशलाई चिनियाँ खोपहरू स्वीकार्न दबाब दिंदा हाम्रो उत्तरी छिमेकीले के गर्न सक्छ भन्ने कुराको लागि यसले जोड दिन्छ ।
महत्वपूर्ण कुरा, नेपालको नजिकको छिमेकी रहेको भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप पठाउन प्राथमिकता दिने पहिलो देश बन्यो । भारतले आफ्नै नागरिकहरूलाई आवश्यकता पर्दापर्दै नेपाललाई मित्रताको रुपमा र सद्भावनाको रुपमा नेपाललाई खोप पठायो । काठमाडौंमा भारतीय खोपहरूको आगमनले नेपालीहरूलाई ठूलो राहतको महसुस भयो । यद्यपि थप खोपहरु आपूर्ति गर्न भारत प्रतिबद्ध रहेको छ, कोभिड–१९ को सक्रिय बिरामी भारका कारण अचानक बढेको दोस्रो लहरले कमजोर बनाउँदा भारतको नेपाललाई खोप आपूर्ति गर्ने समयरेखा बिग्रियो । यसै आधारमा चीनले भारतीय उपमहाद्वीपमा खाली ठाउँ देखेर रणनीतिक चालमा स्वास्थ्य सेवाको शून्यता भर्नको लागि पछाडिको ढोकाबाट प्रवेश गर्यो र चीनले खोपहरू सानो हिमालयन राष्ट्रतर्फ धकेलिरहेको छ ।
यदि हामीले माथि उल्लेखित स्पष्ट भिन्नताहरूलाई हेरेमा वित्तीय विवेकको दृष्टिकोणबाट विचार गर्दा चिनियाँ खोपहरू भारतीयको तुलनामा धेरै महँगा हुन्छन्, जसमा उच्च व्यवस्थापन लागत र अन्तर्निहित आपूर्ति श्रृंखला अवरोधका मुद्दाहरू समावेश छन् । एक राम्रो उद्धारकर्ताको खोप खरिदलाई उदार आर्थिक सहयोग दिएर चीनले वास्तवमा गरिब देशहरुलाई ऋणको जालमा हाल्ने प्रयास गरिरहेको छ । सामान्यतया यसलाई खोप कूटनीति भनिन्छ, चिनियाँ खोप सकेसम्म धेरै देशहरुमा पुर्याउने कोशिस भइरहेको छ ।
यो स्पष्ट छ –चीन कोभिड–१९ को महामारीलाई पूँजीकृत गर्न चाहन्छ । संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, नेदरल्याण्ड्ज, स्वीडेन, दक्षिण कोरिया, फ्रान्स, अष्ट्रेलिया, क्यानाडाजस्ता नेतृत्वशाली देशहरु चिनियाँ खोपको नकारात्मक समीक्षा र मूल्यांकन गरिरहेका छन् । चाखलाग्दो कुरा यो छ कि हङकङ विश्वविद्यालयले गरेको एक सर्वेक्षणात्मक अनुसन्धान अनुसार लगभग ६१ प्रतिशत मानिसहरु चीनमा निर्मित खोप लगाउन चाहँदैनन् ।
यसले हामी सामुन्ने प्रश्न उभ्याउँछ– किन मानिस चिनियाँ खोप चाहँदैनन् ? जीवन हांकिम र सिद्धिराज बरालजस्ता मानिसको बारेमा हामीले किन कुरा गर्नुपर्छ र उनीहरु हाम्रो छलफलमा किन अगाडि छन् भने जीवन भारतीय खोप लगाउने मध्येका एक हुन् र उनी दोस्रो डोजको पर्खाइमा छन्, तर यो अहिले उपलब्ध छैन । उनको बेचैनी बढिरहेको थियो, तर विशेषज्ञहरुले कोभिशिल्ड लगाएको १२ हप्तापछि मात्र दोस्रो मात्रा लगाउनुपर्छ भनेपछि उनले राहत महसुस गरेका छन् ।
बराल शुरुमा खोपप्रति सकारात्मक थिएनन्, तर अहिले उनी खोप लगाउन व्याकुल छन् । उनी चिनियाँ खोपका सट्टा भारतीय खोपको प्रतीक्षामा छन् । चिनियाँ खोप त आइसकेको छ, तर उनी अहिले चिनियाँ खोपका लागि लामो लहरमा उभिन हतारिरहेका छैनन् । हंकिम र बराल दुबै उनीहरूको कुराकानीमा निष्पक्ष र सिधासादा थिए । ती दुवै व्यक्तिको स्पष्ट रूपमा चिनियाँ भ्याक्सिनको बारेमा स्पष्ट छन् । उनीहरु आशावादी छन् भारत कोभिड – १९ विरुद्धको खोपको पहिलो र दोस्रो डोज दुवै आपूर्ति गरेर तुरुन्तै प्रवेश गर्नेछ किनभने नेपाली जनताको ठूलो हिस्सा उत्सुकताका साथ भारतीय खोपको प्रतीक्षा गरिरहेको छ ।
भारत नै किन ?
यसै बीच एक विदेशी समाचार च्यानलले भारतीय खोप र नेपाल पृष्ठभूमिमा रिपोर्ट गरेको छ । ‘नेपालले उपलब्धता, विश्वसनीयता, सुरक्षा र सुहाउँदो र उचित मूल्य निर्धारणको आश्वासन, आपूर्तिको सहजता अनेक कारणले भारतीय खोपहरूलाई प्राथमिकता दिन्छ’, ‘भारतले नजिकैको छिमेकीहरूलाई खोपहरू आपूर्ति गर्ने वाचा गरेको छ’ लगायतका समाचार बढी आशावादिता जगाउने खालका छन् र सबै कोणबाट नेपालले भारतीय खोप लिनु बढी लाभदायक हुन्छ ।
काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...
विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...
विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना...
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ र न्यूरो कार्डियो मल्टिस्पेशलिटी हस्पिटल विराटनगरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल र हस्पिटलका तर्फबाट अपरेशनल डिरेक्टर राजेश भट्टराईले...
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...
विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...
काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...
विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...
काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...