विराटनगर ÷ नेपाली कांग्रेसको १४ औं महाअधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६(ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर–१२ की १८ वर्षीया किशोरी रक्षा यादव निर्वाचिन भएकी छन् ।
उनी मधेसी महिला कोटाबाट निर्विरोध निर्वाचित भएकी हुन् । शुक्रबार जिल्ला पार्टी कार्यालय मोरङस्थित मतदान केन्द्रमा मोरङ क्षेत्र नम्बर ६(ख)को मधेसी महिला कोटामा यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन क्षेत्र म्बर ६(ख) को निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश प्रतिनिधिमा निर्वाचित यादवले युवाहरूको प्रतिनिधित्व गर्दै राजनीतिमार्फत समाजसेवा गर्ने इच्छा रहेको बताइन् ।
Post Views: 37