काठमाडौं ÷ अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेको आसन्न महाधिवेशनमा उपाध्यक्ष भीम रावलले टक्कर दिने भएका छन् ।
उपाध्यक्ष रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ओलीलाई रावलले टक्कर दिने पक्का भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देश, जनता र पार्टीको सामु भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेदवारीको घोषणा गरेको बताए ।
उनले रावलले विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर तुल्याउन पार्टीलाई नेतृत्व दिने निर्णय गरेको बताए । उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको उललेख गरे । उनले ओलीको नेतृत्वमा अब पार्टी एकढिक्का भएर अगाडि बढ्न नसक्ने ठोकुवा गरे । आफूले सबैलाई मिलाएर लानेसमेत दाबी गरे ।
Post Views: 271