काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
सोमबार भएको जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनले ७९१ मत पाएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ८४६ मत खसेकोमा देउवाले सर्वाधिक ७९१ मत पाएका हुन् ।
कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ तर देउवा भने प्रत्येक महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि निर्वाचित हुँदै आएका हुन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ कांग्रेस नेतृ डा. आरजु राणा देउवासहित चारजना निर्विरोध भएका छन् ।
Post Views: 281