धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
सोमबारबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा जिल्ला पदाधीकारीहरुका उम्मेदवार प्रतिनिधि जिल्ला पदाधीकारीको उपस्थितिमा हदैसम्मको सहमतिको निम्ती छलफल गर्दासमेत निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकेपछि जिल्ला निर्वाचन समितिले अनिश्चित समयका लागि निर्वाचन स्थगित गरेको निर्वाचन समिति जिल्ला निर्वाचन अधिकृत पिकम राईले जानकारी दिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतिका आकांक्षी रहेका छन् ।
Post Views: 37