विराटनगर ÷ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ ६ बाट देवराज तामाङ विजयी भएका छन् ।
तामाङ कोइराला समूहबाट उम्मेदवार बनेका थिए । तामाङले संस्थापन समूहका चेतराज रेग्मीलाई पराजित गरे । रेग्मीको २ सय १२ मत आउँदा तामाङले ३ सय २० मत प्राप्त गरे । त्यस्तै सचिवमा कोइराला समूहकै जितेन्द्र गोल्छा र लोकनाथ चौधरी विजयी भए । त्यस्तै सहसचिवमा केशव गिरी र प्रेमप्रसाद ढुंगेल निर्वाचित भएका छन् । सभापति तामाङसहित पदाधिकारी सबै कोइराला समूहकै हुन् । संस्थापन र संस्थापन इतर समूहले प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । मोरङ ६ बाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार समानुपातिकको थारुतर्फबाट र मधेसी महिलाबाट पुनम सिंह निर्विरोध महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका थिए । यहाँ कुल ५५० मत खसेकोमा १५ मत बदर भएको थियो ।
१४ औं महाधिवेशनअन्तर्गत निर्वाचन सकिएका मोरङका तीन संघीय निर्वाचन क्षेत्रको मतगणना अहिले जारी छ । क्षेत्र नम्बर २, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नम्बर–५ मा भने जीवछ गच्छदार सर्वसम्मत निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका तर्फबाट केन्द्रीय सदस्य अमृत अर्यालको समर्थनमा उठेका हुन् । क्षेत्र नम्बर–१ मा पौडेल–कोइराला समूहका शंकर राई सर्वसम्मत चयन भएका छन् ।
Post Views: 29