नेपाली कांग्रेस प्रदेश १ को १४ औ अधिवेशन विराटनगरमा हुने भएको छ । कांग्रेस अधिवेशन प्रचार समिति संयोजक राजिव कोइरालाले प्रदेश १ को १४ औ अधिवेशन विराटनगरमा गर्ने निर्णय भएको बताए ।
अधिवेशन विराटनगरको शंकरपुरस्थित खाली मैदानमा र बन्द सत्र जहदा रोडस्थित सिद्धि पार्टी प्यालेसमा हुने भएको उनले बताए ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाले गर्ने भएका छन् । विराटनगरको शंकरपुरमा हुने उद्घाटन सत्रमा १ हजार ७ सय प्रतिनिधिसहित दुई हजार बढीको सहभागिता रहने कोइरालाले बताए ।
प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य अमृत अर्याल र ओखलढुंगाका रामहरी खतिवडा संस्थापन र केन्द्रीय सदस्य गुरुराज घिमिरे र संसदीय दलका नेता कोइराला संस्थापन इत्तर पक्षबाट सभापतीमा लड्ने आकाँक्षी देखिएका छन् छन् ।
Post Views: 27