बेलबारी । नेकपा माओवादी केन्द्र सुन्दरहरैँचामा दुश्यान्त भट्टराईको नेतृत्वमा ६५ सदस्सीय नगर कमिटी गठन भएको छ ।
नेकपा माओवादी केन्द्रको नगर अधिवेशनबाट भट्टराईको अध्यक्षतामा सर्वसम्मत रूपमा नगर कमिटी चयन भएको हो । नवनिर्वाचित नगर कमिटी उपाध्यक्षमा दीपा अधिकारी, सीमा चौधरी र कुमार मिजार चयन भएका छन् भने सचिवमा रोहित चौधरी र सहसचिवमा अमर गहतराज तथा कोषाध्यक्षमा कल्पना घिमिरे चयन भएका छन् ।
पार्टीको पहिलो नगर अधिवेशनले अध्यक्षसहित उपाध्यक्ष २ जना, सचिव १ जना, कोषाध्यक्ष १ जना र सहसचिव २ जनासहित ६५ सदस्यीय नगर कमिटी गठन गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज गोपी अछामीको प्रमुख आतिथ्ययतामा सम्पन्न अधिवेशनमा माओवादी केन्द्रका जिल्ला सदस्य एवम् कोशीहरैचामा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज चापागाईं, नेतृ लता न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
Post Views: 274