आरजे महेश भट्टराई
नेकपा माओवादी केन्द्र कटहरीको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । अधिवेशनले किशोर पाण्डेको अध्यक्षतामा ५५ सदस्य कटहरी गाउँपालिका कमिटी गठन गरेको छ । नयाँ समितिको अध्यक्षमा किशोर पाण्डे , वरिष्ठ उपाध्यक्षहरूमा बिरबुद्द मुडियारी, किशोर भट्टराई , सिता मुडियारी , कोषाध्यक्षमा कविता सरदार , सचिवमा शंकर महतो , सह सचिवमा अत्यानन्द राजबंशी चयन भएका छन् ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद अमनलाल मोदी , अतिथिहरूमा विराटनगर महानगरपालिकाकी सचिव नमिता न्यौपाने , क्षेत्र नं ४ इन्चार्ज पख्खु लाल चौधरी लगायत हजारौं नेता र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाको प्रथम अधिवेशन कटहरी वडा नम्बर ५ भौडाहामा सम्पन्न भएको छ ।
Post Views: 87