विराटनगर । मोरंगको क्षेत्र ४ बाट महाधिवेशन प्रतिनिधिमा मेयरको भन्दा उपमेयरको मत बढी आएको छ । सबैभन्दा धेरै मतल्याएर बिजय हासिल गर्ने विराटनगरकि उपप्रमुख तथा नेतृ ईन्दिरा कार्कीको चौतर्फी तारिफ छ । उनले महानगरका प्रमुख भिम पराजुलि भन्दा बढी मत ल्याएर चुनाउ जितेपछी चर्चा भएको हो । हुन त कार्की धरै पटक महासमिति सदस्य जितिसकेकी हुन । कार्कीले ३ सय ७६ मत ल्याईन ।
यो पटक मतकै हिसावले नगरप्रमुख पराजुलीले ३ सय ३१ मत ल्याए । मेयर मतका आधारमा चौथो स्थानमा छन । कार्की महानगरमा एक्सन वरेन्टेड जनप्रतिनिधिको रुपमा परिचय बनाएकि छिन । सो क्षेत्रमा सबैभन्दा बढी मतल्याएपछी कार्कीलाई प्रशंसागरेर बधाई दिनेको लर्को लागेको छ । कैसैले सामाजिक संञ्जाल मार्फत बधाई दिएका छन त कसैले फोन र भेटेरै बधाई दिएका छन । कार्की अब महाधिवेशन प्रतिनिधि लड्ने तयारी गरिरहनुभएको छ । हाल मोरंगको जिल्ला अधिवेशन चलिरहेको छ । भनले भनिन, अब महासमिति सदस्यमा चुनाउ लड्ने तयारीमा छु, मतदातहरुलाई महासमिति सदस्यमा निवार्चीत गर्न सादर अनुरोध छ,।
Post Views: 230