माओवादी केन्द्र प्रदेश–१ सम्मेलनको तयारी तीव्र

माओवादी केन्द्र प्रदेश–१ सम्मेलनको तयारी तीव्र

 राष्ट्रिय डेली

 

विराटनगर ÷ यही मंसिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश–१ को सम्मेलनको तयारी तीब्र पारिएको छ ।
प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागिता हुनेछ । सम्मेलनका लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्युनतम् ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो । सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनित गर्नेछन् ।

सम्मेलनमा केन्द्रीय सदस्यहरु २० जना, केन्द्रीय सल्लाहकारहरु १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रुपमा सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्यहरुले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने उनीहरु चयन हुनसक्नेछन् ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिब हेमराज भण्डारीले जानकारी दिएका छन् । अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द–शत्र सुरु हुनेछ । ‘राजनीतिक र सांगठनिक प्रतिवेदनबारे भोलिपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्,’ राईले भने, ‘समिति निर्माणको काम सकेसम्म सहमतिमै २६ गते टुंगो लाग्नेछ ।’ नेतृत्वको विषयमा सहमति नभए निर्वाचनको बिधिमा जाने पार्टीले जनाएको छ ।
प्रदेश सम्मेलनबाट १७५ जनाको कार्यसमिति निर्वाचित हुनेछ भने झण्डै १ सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन् । राष्ट्रिय सम्मेलनको प्रतिनिधि केन्द्रले तोकेको ३० जना र १ हजार ५ सय पार्टी सदस्य बराबर एक जनाको दरले प्रदेश सम्मेलनले नै चयन गर्नेछ ।

प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको हुनेछ । समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि अनिवार्य हुने व्यवस्था माओवादीले गरेको छ । यस्तै प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।
प्रदेश सम्मेलनको लागि ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । प्रदेश सम्मेलनको निर्वाचन समिति राजेन्द्र किरातीको संयोजकत्वमा रहेको छ ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...