लेटाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

लेटाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

 राष्ट्रिय डेली

 

विराटनगर, २५ मंसिर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई पुनः तीब्रता दिएको छ । चाडपर्वका कारण केही समय स्थागित गरिएको अभियानलाई मुक्ति समाजले मोरङले पुनः तीब्रता दिएको हो ।
समाजले जिल्लाका १७ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीब्र पारेको हो ।
अभियान अन्तर्गत मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ ।
राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले टिकाबहादुर विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

 

नगर सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा कृष्णकुमारी विश्वकर्मा, सचिवमा संजय सुन्च्यूरी, सह–सचिवमा नगेन्द्र धमला र कोषाध्यक्षमा अनिषा परियार चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा सन्तबहादुर विश्वकर्मा, हिमा बि.क., तिलमाया बि.क., सन्तोष दर्जी, विमला विश्वकर्मा, सम्झना विशंखेलगायत रहेका छन् ।
भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज जीतनारायण सरदारले गरेका थिए ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय सभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले शपथग्रहण गराएका थिए ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य डिल्ली विश्वकर्मा, गंगा विश्वकर्मा, मुक्ति समाजका केन्द्रीय सदस्य दिपेन्द्र पासवान, नेकपा (एमाले) लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लुइटेल, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा, सचिव विनोद चाहारलगायतले लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै लेटाङ नगरपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।उनीहरुले एमाले मात्र देश र जनताका

लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।
नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे । उनीहरुले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा लेटाङ नगरपालिकाको ९ वटै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।
सो अबसरमा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि संजय सुन्च्यूरी, हर्क रसाइली, तिलमाया बि.क. नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नव प्रवेशीलाई टिका लगाएर नेताहरुले स्वागत गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...