बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
बाजुराको बुढीनन्दा न.पा. १ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. ७ बस्दै आएका ४४ बर्षीय बिष्णु बहादुर कार्कीलाई महाशाखा बाट खटिएको बिशेष प्रहरी टोलिले बुढानिलकण्ठ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत काठमाण्डौ पठाईएको छ ।
सम्मानित उच्च अदालत पाटनको गत २०७७ माघ ६ फैसलाले बैंकिङ् कसुर मुद्धामा ७ दिन कैद र सताइस लाख (२७,००,०००) जरिवाना, जिल्ला अदालत काठमाडौंको फैसलाले २०६० पुस १० गतेबैदेशिक रोजगार मुद्धामा ३ बर्ष कैद र दुई लाख पचास हजार (२,५०,०००) जरिवाना, बैकिङ् कसुर मुद्धामा १ बर्ष कैद र एक लाख उन्नसत्तरी हजार (१,६९,०००) जरिवाना र बैंकिङ् कसुर मुद्धामा १ बर्ष कैद र तिस हजार (३०,०००) जरिवाना भएको छ ।
बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट बनाई दिन्छु लगायतका बहानामा ठगी समेत गरेको देखिएको छ ।
Post Views: 4