नगेन्द्र खड्का ।
विराटनगर ÷ सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन ५३.३विराटनगर ÷ सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन ५३.३० अंकले वृद्दि भएको छ ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से सोमबार ५३.३० अंकले वृद्दि भएर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ ।
केहि दिन अगाडी भारी अंकले ओरालो लागेको शेयर बजार मंगलबार भने भने उत्साहजनक रुपमा बढेको छ ।
मंगलबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक हरियो भएको छ । जसमध्ये हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा बढि अर्थात ४ प्रतिशतभन्दा अन्य उपसमूहको ३ प्रतिशतभन्दा माथी रहेको छ ।
मंगलबार शेयर बजार बढ्दा न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । तेह«थुम पावर कम्पनीको ८ प्रतिशतभन्दा माथी कारोबार भएको छ । त्यसैगरी हिमालयन उर्जा विकास, कालीका पावर कम्पनी, छ्याङदी हाइड्रोपावर, स्यानर्जी पावर डेभलपमेन्ट लिमिटेड शेयरमूल्य ७ प्रतिशत भन्दा बढिमा कारोबार भएको छ ।
सेयर बजारमा हरियाली छाएपनि मंगलबार शेयर कारोबार रकम भने साढे ३अर्ब पनि पुगेको छैन ।२३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४.४८ रुपैयाँ पुगेको हो ।
आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी सम्झौता पेस गर्ने विषयमा आफूले सभामुखसँग परामर्श गरिरहेको र सम्झौता पेस गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
Post Views: 301