विराटनगर । फागुन २१ गते बुधबार नेपाली कांग्रेश विराटनगर नगर कार्य समितिले ,,वर्तमान परिस्थितिमा नेपाली कांग्रेशको भुमिका,,विषयमा गोष्ठी गर्ने भएको छ । कार्यक्रममा नेपाली कांग्रेशका बरिष्ठ नेता डा .शेखर कोइराला, नेपाली काँग्रेशका उप सभापती धनराज गुरुङ र नेपाली कांग्रेशका महामंत्री गगन कुमार थापा मिनेन्द्र रिजाल , चन्द्र भण्डारी , महेश आचार्य बक्ताका रुपमा आउने भएका छन् ।
युवाहरु जो नेपाली कांग्रेशमा आस्था राख्नुहुन्छ उहाँहरुलाइ समाज र जनतामा वर्तमान परिस्थितिमा नेपाली कांग्रेशको भुमिकाका बारेमा जानकार गराउन नेपाली कांग्रेश नगर कार्य समितिले गोष्ठीको आयोजना गर्न लागेको नगर सभापती दिपक चापागाँइले बताए ।
गोष्ठी फागुन २१ गते शनिबार ११ः३० बजे विराटनगरको जैन भवनमा हुने भएको छ ।
Post Views: 293