विराटनगर । विराटनगरको नोेवेल मेडिकल कलेज अगाडिको नहरमा थुप्रिएको फोहोरका कारण स्थानियहरुले समस्या झेल्दै आइरहेका छन् । औषधि व्यावसायीहरुले जथाभावि फोहोर फाल्नाले उक्त क्षेत्र दुर्गन्धित भएका कारण स्थानियहरु समस्यामा परेका हुन । नहरमा जथाभावि फोहोर फाल्ने गरेका कारण नहरमा पानि आउँदा वगाएर ल्याएका फोहोरहरु समेत नोवेल अगाडिको नहरमा जम्ने गरेको छ । नहरमा पानि संगै मरेका जनावरहरु समेत बगेर आउने गरेका कारण दुर्गन्ध फैलिँदा स्थानियहरु समस्या झेल्न बाध्य रहेका छन ।
औषधी पसलहरु र वरिपरिका अन्य होटल र नहरमा बगेर आउने मरेका जनावरहरुका कारण दुर्गन्ध फैलिएका कारण बस्न समस्या भएको स्थानिय अरुण नेपालीले बताए । स्थानियहरु फोहोरका कारण दुर्गन्ध झेल्दै आएपनि सम्बन्धित निकायले ध्यान नदिएको बर्षा सापकोटाले बताइन । तर अहिले सम्म सम्बन्धित निकायले ध्यान दिएको छैन ।
Post Views: 269