कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थानमा

कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थानमा

 राष्ट्रिय डेली

विराटनगर ÷ विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपा करुणा पोखरेल प्रथम भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय स्थान प्राप्त गर्दा अरनिको कलेजका युगेश अधिकारीले ‘बा’ शीर्षकको कविता सुनाएर तृतीय भए ।

त्यस्तै ‘म भिन्न होइन’ शीर्षकको कविता वाचन गर्ने शिक्षादीप कलेजकी छात्रा एन्जिनिता श्रेष्ठ र ‘नेपाल सुन्दर फूलबारी’ शीर्षकको कविता वाचन गरेर सिद्धार्थ शिशु सदनका छात्र रामचन्द्र मेहता चौथो भए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित, कवि शुभलक्ष्मी लम्साल र रमेशचन्द्र अधिकारीको निर्णायक समितिले विभिन्न ११ वटा कलेजका २० जना प्रतिस्पर्धीबाट पुरस्कृत विद्यार्थीहरुको नाम छनौट गरेको थियो । सो अवरान प्रथम हुने पोखरेलले ६ हजार, ट्रफी, मेडल र प्रमाणपत्रले प्राप्त गरिन् ।

त्यस्तै द्वितीय हुने बस्नेतलाई ४ हजार र तृतीय हुने अधिकारीलाई ३ हजारसहित मेडल, ट्रफीका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । चौथो हुने श्रेष्ठ र मेहताले १–१ हजार नगदसहित प्रमाण प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्राज्ञ खेम नेपाली, साहित्यकार मधु पोखरेल, आयोजक संस्थाका संरक्षक मीनकुमार नवोदितलगायतले पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै सोही अवसरमा समाजसेवी गणेश साह र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रबहादुर खड्कालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । विद्यालय र कलेजदेखि नै विद्यार्थीहरुलाई साहित्यप्रति अभिरुची जगाउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले बताए ।

adv-single
सम्बन्धित समाचार

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...